
सिन्धुपाल्चोक, फागुन २३ । यस वर्षकी विश्व सुन्दरी टोनी एन् सिङसहितको टोलीले सिन्धुपाल्चोकको हेलम्बुमा निर्माण भईरहेको ग्रेट ट्रेलको अवलोकन गरेका छन् ।
मिस वल्र्ड टोनी, मिस वल्र्ड अर्गनाइजेशनकी अध्यक्ष जुलिया मोर्ली, सन् २०१८ की मिस नेपाल श्रृंखला खतिवडा, सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठको टोली पनि हेलम्बु पुगेको हो ।
मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बु गाँउपालिका ७ सुर्सिङमा सञ्चालन गरेको शिक्षा तथा जिविकोपार्जन परियोजना अनुगमनमा आएकी टोनीले ग्रेट ट्रेलको समेत अनुगमन गरेकी हुन् ।
ग्रेट ट्रेलमा पुगेपछि आफुलाई धेरै गर्व लागेको र धेरै खुशी समेत भएको मिस वल्र्ड टोनीले बताएकी छन् ।
ग्रेट ट्रेल निर्माणका लागि मिस वल्र्ड आयोजक संस्थाकी अध्यक्ष मोर्लिले २० हजार अमेरीकी डलर सहयोग गर्ने बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्