४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


भेडेटारमा बस दुर्घटना, २५ जना घाइते


0
Shares

धनकुटा, फागुन २३ । धरान–धनकुटा सडक खण्डको भेडेटार कार्कीछापमा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा २५ जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

धरानबाट तेह्रथुमको शुक्रबारेतर्फ गइरहेको को १ ख २८२४ नम्बरको वस अनियन्त्रित भई सडक बीचमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी गराए ।

दुर्घटनामा परी घाइते भएका यात्रुलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बसको चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।