२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


78
Shares

काठमाडौं । दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति ९ बजे कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५८१ नम्बरको कारले बिपरित दिशाबाट आउँदै गरेको रा ६ प ६८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दाङकै राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक फरार भएकोले खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।