१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


आईओसीलाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी


195
Shares

काठमाडौं । नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्तावापत इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी दिएको छ ।

इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर आईओसीलाई बुझाएको हो । निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी गर्दै आएको छ ।

कच्चा तेलको मूल्य उच्च दरले बढिरहँदा आगामी दिनमा आपूर्तिमा चुनौति थपिएको निगमका निमित्त नायव कार्यकारी एवम् अर्थ/प्रशासन प्रमुख नागेन्द्र साहले बताउनुभयो ।

सरकारले २०७१ चैतदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थ र ग्यासको खुद्रा बिक्रीको एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ ।

तर, निगमले आईओसीलाई तिर्न अपुग रकम पनि सोही स्थिरीकरण कोषबाट झिक्दै आएको छ । उक्त कोष पनि रित्तिने अवस्थामा पुगेको छ । अब मूल्य बढेर आउँदा धान्न नसकिने निगमले जनाएको छ ।