Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राजनीतिभन्दा कुखुरा पालनले घरब्यवहार चलाउन सहज


0
Shares

देैलेख । तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका क्रममा भूमिगत भई पार्टी राजनीतिमा सक्रिय दैलेखका एक व्यक्ति राजनीति छाडेर व्यवसायमा लागेका छन् ।

नौमुले गाउँपालिका वडा नं. २ का वीरबहादुर केसी राजनीतिबाट टाढिंदै व्यवसायिक खुकुरापालनमा लागेका हुन ।

आफूले राजनीतिमा गरेको योगदानको कुनै मूल्यांकन नभएको ठहर गर्दै उनले व्यवसाय सुरु गरेको बताए ।

व्यवसाय संचालन गरेर घरव्यवहार संचालन गर्न तथा छोराछोरीलाई पढाउन सहज भएको उनले बताए ।

परम्परागत खेतीभन्दा व्यवसायिक कुखुरापालन गर्दा राम्रो आम्दानी हुने भएकाले आफूले यो पेशा रोजेको उनको भनाई छ ।

उनले उत्पादित कुखुरा बिक्री गर्न भने बजारको अभाव हुँदा कतिपय अवस्थामा कठिनाई भोगिरहेको बताए ।

विदेशमा गएर श्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्न उनले युवाहरुलाई सुझावसमेत दिने गरेका छन् ।