१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


खेतीयोग्य जमिन जोगाउने रणनीतिबाट सरकार पछि हट्दैन : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य जमिन जोगाउने निर्णयबाट सरकार पछि नर्फकने प्रस्ट पारेका छन् ।

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजगा मेलाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले आफ्नो पुरानो सोच बदल्न घरजग्गा व्यवसायीलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक स्थान, सुन्दरता र खेतीयोग्य जमिन जोगाउने रणनीतिबाट सरकार पछि नहट्ने स्पस्ट पारे ।

उनले धेरै मान्छे छन्, उपत्यकामा धरजग्गा बिक्छ भन्ने पुरानो सोचमा परिवर्तन ल्याउनसमेत व्यवसायीलाई आग्रह गरे । उनले उपत्यकाबाहिर गएर व्यवस्थित आवास निमार्णको काम गर्न आग्रह गरे ।

नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले अव्यवस्थित तरिकाले भवन निर्माण भएपनि सरकारले अनुगमन नगरेको बताए ।

मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सलट्यान्टका साथै बैंक तथा बिमा कम्पनीहरु सहभागी छन् ।

मेला पाँच दिनसम्म चल्नेछ ।