माछापुच्छ्रे बैंकले खोल्यो वीरगञ्जको आदर्श नगरमा नयाँ शाखा « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


माछापुच्छ्रे बैंकले खोल्यो वीरगञ्जको आदर्श नगरमा नयाँ शाखा


104
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज स्थित आदर्श नगरमा नयाँ शाखा खोलेको छ ।

शाखाको एक कार्यक्रमकाबीच वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डाक्टर बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि सहभागिता रहेको थियो ।

बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ –नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहकलाई सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २ सय वटा एटीएमहरु संचालनमा रहेका छन् ।