काठमाडौं । कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भूपेन्द्र बस्नेतले पत्रकार उपेन्द्र खड्कालाई धम्क्याएको घटनामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले निन्दा गरेको छ ।
महासङ्घ केन्द्रीय समितिका महासचिव रोशन पुरीले २१ गते जारी गरेको विज्ञप्तिमा ‘नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाहमा जुटेका पत्रकारलाई कुनै पनि पक्षबाट धम्क्याउनु निन्दनीय हुनुकासाथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’ भएको उल्लेख छ ।
महासङ्घ केन्द्रीय समितिले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस स्वतन्त्रताविरोधि यस्ता हर्कत नियन्त्रणमा गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।
डा.बस्नेतले समाचार लेखेको तथा सामाजिक सञ्जालमा सेयर गरेकाले साइबर क्राइमको मुद्दा लगाइदिने उकेरा डटकममा कार्यरत पत्रकार खड्कालाई धम्क्याएका थिए ।
महासङ्घ उपत्यका प्रदेश समिति र काठमाडौं शाखाले पनि प्रेस विज्ञप्ति जारी गरेर बस्नेतले धम्क्याएकोप्रति भर्त्सना गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्