काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई ४–१ ले हराएको छ ।
म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन केभिन डे ब्रायन र रियाद माहारेजले दुई दुई गोल गरेका हुन । भ्रमणकारी टोली म्यान्चेस्टर युनाइटेडका जेडन सन्चोले एक गोल फर्काएका थिए ।
गएराति भएको अर्को खेलमा आर्सनलले वाट्फोर्डमाथि ३–२ को जित निकाल्यो । गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा २८ खेलबाट ६९ अंक जोडेको म्यान सिटी शिर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा रहँदा दुई खेल कम खेलेको चेल्सी ५३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
२५ खेलबाट ४८ अंक जोडेको आर्सनल चौथो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्