काठमाडौं, फागुन २१ । ‘कोरोनाभाइरस’सँग जुधिरहेका विकासोन्मुख मुलुकका लागि विश्व बैंकले साढे १३ खर्ब बराबर सहयोग गर्ने भएको छ ।
विश्व बैंकले कोरोनाभाइरसको संक्रमणबाट प्रभावित मुलुकहरुलाई तत्काल सहयोग ‘प्याकेज’स्वरुप १२ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।
यस संक्रमणबाट स्वास्थ्य र आर्थिकरुपमा प्रभावित विकासोन्मुख मुलुकहरुलाई ‘फास्टट्रयाक’को माध्यमबाट उक्त रकमसम्मको सहयोग उपलब्ध गराइने बैंकले जनाएको हो ।





प्रतिक्रिया दिनुहोस्