काठमाडौं । स्पेनिस गोलकिपर केपा अरीजाबालागा विश्वकै महंगा गोलकिपर बनेका छन् ।
स्पेनिस फुटबल क्लब एथ्लेटिक बिल्बाओबाट इङ्लिस क्लब चेल्सी प्रस्थान गरेपछि केपा अलेसम्मकै महंगा कोलकिपर बनेका हुन् ।
प्रिमियर क्लब चेल्सीले केपाका लागि ९१ करोड डलर खर्चिएको बुझिएको छ ।
चेल्सीका बेल्जियन गोलकिपर थियाबु कोर्टुवा स्पेनिस क्लव रियाल मड्रिड प्रस्थान गर्ने तयारी भएपछि चेल्सीले केपालाई आगामी ७ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।
केपा हाल डेभिड डे गिया पछि स्पेनिस राष्ट्रिय फुटबल टोलीमा दोस्रो रोजाईका फुटबलर हुन् ।
चेल्सीले केपासँगै क्रोएसियाका मिडफिल्डर कोभासिचलाई पनि क्लवमा अनुबन्ध गर्न खोजिरहेको छ ।
कोभासिचलाई पहिलो एक वर्षका लागि ऋण स्वरुप चेल्सी ल्याउन खोजिएको हो ।








प्रतिक्रिया दिनुहोस्