Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


‘गंगूबाई काठियावाडी’ काे सय करोड भन्दा बढी कमाई


416
Shares

काठमाडौं । ‘गंगुबाई काठियावाडी’ गत २५ फेबु्रअरीदेखि ४ मार्चसम्म प्रर्दशन हुँदा फिल्मले एक सय करोड भन्दा बढी कमाई गरेको छ ।

यो खबरलाई भन्साली प्रोडक्सन हाउसले सामाजिक संजमलमार्फत सेयर गरेको हाे । आलिया भट्ट अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’ यो वर्ष भरिनै चर्चाको विषयमा रहेको छ । सो फिल्ममा आलियालाई लिनु गलत र आलियाले यस फिल्ममा न्याय दिन सक्दिनन् भनेर उनले निकै आलोचना खेप्नुपरेको थियो ।

संजय लिला भन्सालिको निर्माण र निर्देशनमा बनेको यो फिल्मले निकै राम्रो कमाई गरेको छ । सो फिल्मले पहिलो दिन १० करोड ५ लाख कमाई गरेको थियो ।

त्यस्तै, दोस्रो दिन १४ करोडको कमाई गरेको थियो । यो फिल्मले सिनेमा घरमा मात्रै ३ दिनमा करिब २४ करोड ५ लाख कमाई गरिसकेको छ । १ सय ६५ करोडको लगानीमा बनेको यस फिल्मले करिब १ सय ७५ देखि १ सय ८० करोड कमाई गर्ने अनुमान गरिएको छ ।

तमिल र तेलगू फिल्मलाई प्रतिस्प्रर्धा गरेर अगाडी बढेको यो फिल्म कोरोना पछिको भब्य कमाई गर्ने फिल्म हो भनेर अनुमान गर्न सकिन्छ । यो फिल्ममा आलिया मुख्य भुमिकामा रहेकी छिन् । साथै अजय देबगन पनि रहेका छन् ।

फिल्म खेल्ने लोभमा शहर आएर बेचिन परेको र महिलाले भोग्न परेको दुःखत कथालाई यस फिल्म मार्फत देखाइएको छ।

फिल्ममा आलियाको उत्कृष्ट अभिनय भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।