
Web Pic
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१० कुडहर चोकमा आज (शनिबार) बिहान पौने ३ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
ग १० प ९९३० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पोखरा-१३ बाझपाटनका २५ वर्षीय नन्द प्रसाद गुरुङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज बिहान सवा ४ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्