
सुर्खेत, फागुन २१ । सुर्खेतमा जिप दुुर्घटना हुंदा तीन जनाको मृत्युु भएको छ ।
सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको दुर्घटनामा चार जना घाईते भएका छन् ।
मृतकमध्ये दुई पुरुष र एक महिला छन् । मृतक मध्ये दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुको सनाखत हुन सकेको छैन । सुर्खेतको चिङगाड गाँउपालिका–६ पाम्काबाट सुर्खेतको वीरेन्द्रनगर तर्फ आउँदै गरेको जिप भीरबाट तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको वीरेन्द्रनगरमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्