२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


सुनको मूल्यमा नयाँ रेकर्ड


0
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज एकै दिन सुनमा तोलाको दुई हजार २०० रुपैयाँले बढेको हो । सुन आज ८० हजार ५ सयमा कारोबार भइरहेको छ ।

मंगलबार ७८ हजारमा कारोबार भइरहेको सुनको मूल्यमा एकै दिन २ हजार २ सयले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि २० रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ८८० रुपैयाँ कायम छ ।