Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


फर्मा एक्स्पो बैशाख ९ गतेदेखि चितवनमा हुने


78
Shares

काठमाडौं । नेपाल फर्मा एक्स्पोको आठौं संस्करण आगामी बैशाख ९ गतेदेखि हुने भएको छ ।

नेपाल औषधि उत्पादक संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आगामी बैशाख ९ देखि ११ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा फर्मा एक्स्पोको आठौं संस्करण गर्न लागेको जानकारी दियो ।

नेपालमा औषधि उत्पादन क्षेत्रले अङगाल्दै आएका ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानसहित हुन लागेको एक्स्पोमा औषधि उत्पादनसँग सम्बन्धि एक सय वटा कम्पनीले स्टल राख्ने संघले जनाएको छ ।

ती मध्य नेपालीको ४० र १ सय २० वटा विभिन्न बहुराष्ट्रिय कम्पनीले स्टल राख्ने जनाएको छ । एक्स्पोका स्टलहरु औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधी, ल्याव, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुसँग सम्बन्धित हुने संघले जनाएको छ ।

तीन दिनको अवधिमा करिब १५ हजार जनाले एक्स्पो अवलोकन गर्ने पनि संघले अनुमान गरेको संघले प्रत्यक दुई दुई वर्षमा फर्मा एक्स्पो गर्दै आए पनि कोभिड–१९ महामारीका कारण भने गत बर्ष स्थिगित गरिएको थियो ।