
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् ।
शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्नु उचित भएको बताउनुभयो । उहाँले नेपालीहरुले अमेरिकालाई साम्राज्यवाद र भारतलाई विस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुुपर्ने बताउनुभयो । केन्द्रिय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्