१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


पाकिस्तानको पेशावरमा आत्मघाती आक्रमण, ३० जनाको मृत्यु


169
Shares

काठमाडौं । पाकिस्तानको पेशाबरस्थित एक मस्जिदमा आज आत्मघाती आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ ।

आक्रमणमा परेर ५० जना घाइते भएका छन् । पाकिस्तानी संचारमाध्यम ‘जियो न्यूज’का अनुसार शुक्रबार मानिसहरु प्रार्थना (नमाज) गरिरहेका बेला उक्त आक्रमण भएको थियो । घाइते ५० जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको पनि पाकिस्तान प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कुनै पनि आतंककारी संगठनले जिम्मा नलिएको पनि जनाइएको छ । पेशावर प्रहरीका अनुसार मानिसहरु नमाज पढिरहेका बेला दुइजना व्यक्तिले मस्जिदभित्र प्रवेश गर्ने कोसिस गरेका थिए । उनीहरुलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण गरेका थिए ।

त्यसपछि मस्जिदमा विस्फोट भएको थियो । सो आक्रमणको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले निन्दा गर्नुभएको छ ।
एजेन्सी