२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अमेरिकामा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुग्यो


0
Shares

काठमाडौं । अमेरिकामा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

दक्षिणी शहर न्यासभिल र आसपासका क्षेत्रमा आएको आँधीका कारण कयौं घरहरुमा क्षति पुगेको छ ।

आँधीमा परेर केही स्थानीय हराइरहेको सरकारी अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आँधीमा परेर मुत्यु हुनेहरुमा वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ ।

आँधीका कारण सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको समाचारमा जनाइएको छ ।

आँधीका कारण सार्वजनिक यातायात, विद्यालय तथा सरकारी कार्यालयहरु समेत बन्द भएका छन् ।

आँधीका कारण पूर्वनिर्धारित मतदान कार्यक्रमसमेत स्थगित गरिएको समाचारमा जनाइएको छ ।

सन् २००८ मा आएको आँधीका कारण उक्त क्षेत्रमा ५५ जनाको मृत्यु भएको थियो ।

यसैबीच चुनावी अभियानमा रहनुभएका राष्ट्रपति डानाल्ड ट्रम्पले आँधीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले चाँडै नै प्रभावित क्षेत्रको भ्रमण गर्ने आस्वासनसमेत दिनुभएको समाचारमा जनाइएको छ ।(एजेन्सी)