काठमाडौं, फागुन २० । पछिल्लो समय सेयरबजारमा उतार–चढाव भइरहेको छ ।
सेयरबजारमा विभिन्न नीतिगत परिवर्तन, राजनीतिक प्रभाव तथा लगानीकर्ताको मनोविज्ञानको कारण पनि परिवर्तन आउने गर्छ ।
पछिल्लो एक महिनाकै अवधिमा सेयरबजारमा तीव्र उतार–चढाव देखियो । यस अवधिमा कारोबारले ऐतिहासिक रेकर्ड कायम गर्यो ।
निरन्तर बुलिस बुलिस ट्रेन्डमा रहेको नेप्सेमा विनाकारण गिरावट आउँदै नेगेटिभ सर्किट ब्रेकसमेत लाग्यो ।
पछिल्लो समय अर्थ मन्त्रालय तथा धितोपत्र बोर्डले गरेको व्यवस्थाका कारण लगानीकर्ता मनोवैज्ञानिकरुपमा परिपक्व भएको विश्लेषण छ, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको ।
पछिल्लो करेक्सन नाफा बुक गर्नकै लागि भएको उनको दाबी छ ।
पुँजीबजारमा अनपेक्षित कारोबार हुन नदिइ स्थीरता कायम गर्न मार्केट मेकर स्थापना गरी सञ्चालनमा ल्याउन उनको जोड छ ।






प्रतिक्रिया दिनुहोस्