
पलिस्था रञ्जितकार (इमेज)
भक्तपुर, फागुन २० । चैत पहिलो साता भक्तपुर महोत्सव हुने भएको छ ।
परम्परा जगेर्ना गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाले आगामी चैत ५ गतेदेखि ७ गतेसम्म तीन दिन भक्तपुर महोत्सव मनाउने भएको हो ।
विशेषगरी सम्पदाको नगरीका रुपमा चिनिने भक्तपुरका कला र संस्कृति उजागर गर्ने र भ्रमण वर्ष २०२० लाईसमेत सघाउन महोत्सव आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ ।
अहिले यहाँका विभिन्न सम्पदाहरुको पुनःनिर्माण भइरहेको अवस्था छ । यही अवस्थामा पनि भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित गर्ने लक्ष्यका साथ महोत्सव गर्न लागिएको जनाइएको छ ।
महोत्सवमा व्यापारिक मेलादेखि विभिन्न साँस्कृतिक प्रस्तुति एवं विभिन्न प्रतियोगात्मक कार्यक्रमहरु पनि गरिने महोत्सव संयोजक गौतमप्रसाद लासिवाले बताए ।
नगरपालिकाका मेयर सुनिल प्रजापतिले यहाँको कला, संस्कृति जगेर्ना गर्न सघाउ पुर्याउने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्