Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


‘घर जग्गा कारोबारमा तीनै तहका सरकारसँग स्पष्ट नीति छैन’


91
Shares

काठमाडौं । घर जग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घर जग्गा व्यवसायीहरुले बताएका छन् ।

घर जग्गा व्यवसायीहरुले घर जग्गाको प्लटिङ भन्दा केही घर जग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् ।

घर जग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन् । व्यवसायीहरुले सरकारको नीतिगत कमजोरीको कारण घरजग्गाको कुनै जानकारी नभएकाको हातमा पुगेको व्यवसायीहरुको आरोप छ ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीतिगत व्यवस्था नभएको बताउनु भएको छ ।

वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको बताउनुभएको हो । उहाँले सरकारसँग स्पष्ट नीति नभएको कारण घरजग्गाको कारोबार योजना अनुसार हुन नसकेको बताउनुभयो ।

घर जग्गामा बैंकहरुको धेरै लगानी रहेकाले कारोबारमा कडाई गर्दा व्यवसायी मात्रै नभएर बैंकहरु पनि ढुब्ने उनीहरुको भनाइ छ ।