
काठमाडौं । सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेकोछ ।
लामो सयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विविध माग गर्दै संसद अबरुद्ध गर्दै आएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहिबार बसेको गठबन्धनको बैठकले सरकारले गरेका अहिलेसम्मको कामको समेत समीक्षा गरेको जनता समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले ईमेजखबरलाई जानकारी दिनुभएकाे हाे ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सहयोग गरेकाेमा नेताहरूलाई धन्यवाद समेत दिनुभएको उहाँले बताउनुभएकाे छ । सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय भएकाे हाे ।
त्यस्तै वैशाख ३० मा हुनेमा स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय भएको पनि नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्