२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


प्रधानमन्त्रीको बुधबार बिहान मिर्गौला प्रत्यारोपण


0
Shares

काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिहान ९ बजेदेखी मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिने त्रिवि शिक्षण अस्पताल महाराजगंजले जनाएको छ ।

सोमवार साँझ अस्पताल भएका प्रधानमन्त्री ओलीको मंगलबार मिर्गौलाको डायलासिस गरिएको छ । प्राध्यापक डा. अरुण सायमीले मंगलबार डायलासिस भएको र बुधबार विहान ९ बजे देखी प्रत्यारोपण सुरु हुन् जानकारी दिए ।

प्रत्यारोपणमा भारत नयाँदिल्लीस्थित एपोलो अस्पतालका एक चिकित्सकसहित नेपाली चिकित्सकहरु रहने पनि डा.सायमीले बताए ।

प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका एपोलो अस्पतालका डा. अनन्त कुमार काठमाडौं आइसकेको जनाइएको छ ।

प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका डा. प्रेमराज ज्ञवालीको टिम रहने छ । प्रधानमन्त्री ओलीकी भाञ्जी पर्ने ३१ बर्षिया समिक्षा संग्रौलाले मिर्गौला दिएकी हुन ।