Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


संवैधानिक इजलास शुक्रबारदेखि


338
Shares

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास भोलि शुक्रबारदेखि बस्ने भएको छ ।

पाँच महिनादेखि अवरुद्ध संवैधानिक इजलास शुक्रबारदेखि नियमित बस्ने सर्वोच्च अदालतले जनाएको छ । पछिल्लोपटक संवैधानिक इजलास असोज १३ मा बसेको थियो ।

संविधानले संघीय ईकाइहरूबीचको विवाद, प्रदेशसभा र संघीय संसद्का सांसद्हरूको अयोग्यतासम्बन्धी र निर्वाचनसम्बन्धी विवाद तथा तीनै तहका व्यवस्थापिकाले बनाएका कानुन संविधानसँग बाझिएका विवाद हेर्ने अधिकार यो इजलासलाई छ । साथै गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका अन्य निवेदनहरू पनि प्रधानन्यायाधीशले संवैधानिक इजलासमा पठाउन सक्छन् ।

हाल सर्वोच्च अदालतको संवैधानिक इजलासमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्न माग गरिएका मुद्दा, मधेस प्रदेशले संघीय सरकारविरुद्ध दायर गरेका प्रादेशिक अधिकारसम्बन्धी मुद्दा, वामदेव गौतमको राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्धको मुद्दा, प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विवादलगायत छन् ।