
काठमाडौं, फागुन २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित देशहरुमा जान मात्र वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) रोकेको प्रष्ट पारेको छ ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको उच्च संक्रमणको जोखिम बढेपछि चीनसहित जापान, सिंगापुर, दक्षिण कोरिया, इटली र इरान जान मात्र नो अब्जेक्सन लेटर रोकेको जनाएको हो ।
कोरोना नदेखिएको देशमा भने अनुपतिपत्र नरोकेको विज्ञप्तिमा जनाईएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म अति प्रभावित ६ देश वाहेक अन्य देशमा भने जान पाउने स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्