Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


अर्घाखाँची प्रवेश गर्ने मुख्य नाकामा प्रहरी पोष्ट निर्माण


793
Shares

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा प्रहरी पोष्ट निर्माण गरिएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ७ फुदवाङ्ग अस्थायी प्रहरी चौकी निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सन्धिखर्क–गोरूसिंगे सडक तथा सालझण्डी–ढोरपाटन सडकको मुख्य नाकामा हुने विभिन्न उपराधीक घटना नियन्त्रण गर्न सहज हुने भएकोले सोहि ठाउँमा अस्थायी प्रहरी चौकीको निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक उम्मर बहादुर थापाले जानकारी दिनुभयो । थापाले स्थानीय व्याराडाईज युवा क्लबले निशुल्क जग्गा दिएपछि भवन बनाएको बताउनुभयो ।

भवनको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै घिमिरेले राष्ट्रिय प्रसारण लाइनको सवस्टेसन पनि सोहि क्षेत्रका बनीरहेकाले त्यसको सुरक्षा तथा स्थानीय नागरिकको शान्ति सुरक्षा कायम गर्नको लागि टेवा पुग्ने घिमिरेले बताउनुभयो ।