 
	    काठमाडौं । नेपाल राष्ट्र बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको प्रभावले नेपाली अर्थतन्त्रमा असर पर्ने जनाएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै कोरोनाको कारण पर्यटन तथा व्यापारिक गतिविधिमा असर पर्ने भएकोले आर्थिक वृद्धिद्धरमा प्रभाव पर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै बैंकले पछिल्लो समय विभिन्न देशमा देखिएको मुल्य वृद्धिको प्रभावले खाद्य वस्तुको मुल्य वृद्धि हुने अनुमान गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा देखिएको मुद्रास्फितिको कारण नेपालमासमेत मुद्रास्फितिको प्रभाव देखिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाली नागरिक, फर्म तथा संस्थाले व्यवसाय संचालन वा विस्तार गर्न यस बैंकको पूर्व स्वीकृति लिई भारतबाट भा.रु. १० करोडसम्म र अन्य मुलुकबाट १० लाख अमेरिकी डलर कम्तिमा ३ वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण/सापटी लिन पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्