Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


इन्दुशंकर मिलले दियो किसानलाई ५० करोड उखुको भुक्तानी


0
Shares

सर्लाही । हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले क्रसिङ सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ ।

अघिल्लो महिना पुस १० गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म ५० करोड रुपैयाँ भुक्तानी गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा पुस १० गतेदेखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो ।

जिल्लाकै सबैभन्दा ठूलो चिनी उद्योग इन्दुशंकरले हालसम्म २४ लाख ४८ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।

उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएपनि पर्याप्त उखु नआएकाले लक्ष्य पूरा नहुने देखिएको प्रशासकीय अधिकृत नेपालले बताए ।

सर्लाहीमा तीनवटा चिनी उद्योगमध्ये हाल उत्तरी भेगको इन्दुशङ्कर चिनी उद्योग हरिवन र दक्षिणी भेगको महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन् ।

किसानबाट अघिल्ला वर्षहरुमा खरिद गरेको उखुको भुक्तानी दिन नसकेको दक्षिण–पश्चिम भेगस्थित अन्नपूर्ण चिनी उद्योग धनकौल भने बन्द अवस्थामा रहेको छ ।