काठमाडौं, साउन २३ । भारतको नयाँदिल्लीबाट बुधबार काठमाडौंका लागि उड्न लागेको नेपाल वायुसेवा निगमको एक वाइडबडी विमान उडानमा ढिलाइ भएको छ ।
दिल्ली एअरपोर्टबाट उडानका लागि इन्जिनियरले उडान प्रमाणीकरण गर्न ढिलाइ गर्दा उडानमा ढिलाइ भएको वायुसेवा निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
उडान ढिलाइ भएपनि उक्त विमान बुधबारै काठमाडौंमा अवतरण हुने उनले बताए ।
निगमका कारण नभइ दिल्ली एअरपोर्टका इन्जिनियरका कारण ढिलाइ भएको उनले स्पस्ट पारे ।









प्रतिक्रिया दिनुहोस्