
काठमाडौं, फागुन १९ । नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान थालेको छ ।
फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा हप्ताको तीन दिन सीधा उडान सुरु गरेको हो ।
एअरबस वाइडबडीबाट गरिने सीधा उडान हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार हुनेछ ।
१९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको सो विमान सोमबारै साँझ काठमाडौंमा अवतरण गरेको थियो ।
नारिता जाँदा २३४ यात्रीहरुले विमानबाट यात्रा गरेका थिए भने फर्कंदा २६५ जनाले यात्रा गरेको निगमले जनाएको छ ।
नारिताको पहिलो उडानमा नै यात्रीहरुको यो संख्यालाई उल्लेखनीय मानिएको र आगामी दिनका उडानहरुको लागि पनि राम्रै संख्यामा यात्रीहरुले बुकिङ गरेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्