
सर्लाही, फागुन १९ । सर्लाहीको हरिवनमा १३ करोड रुपैयाँ लागतमा व्यापारिक भवन निर्माण गर्न सुरु गरिएको छ ।
हिन्दु, मुस्लिम र बौद्धधर्मका धर्मगुरुबाट एकैसाथ पाठ गराएर भवन निर्माण सुरु गरिएको हो ।
नगरपालिकाको १३ करोड ८६ लाख बराबर लागतमा व्यापारिक भवन बनाउन सुरु गरिएको हो ।
दुईतले भवनमा जम्मा १३६ ओटा सटर रहनेछन् ।
२०७७ साल माघ १९ गतेसम्म भवन निर्माणको काम सक्ने गरी ठेक्का लगाइएको नगरपालिका कार्यालयले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् हरिवनको कृष्णचोकदेखि दक्षिण घुर्कौली जाने सडकछेउमा बनाउन लागिएको व्यापारिक भवनको सोमबार नगरप्रमुख गणेशप्रसाद प्रसाईंले शिलान्यास गरे ।
प्रसाईंले अहिले नगरपालिकाको जग्गामा व्यवसायीले आफैंले स–साना घर–टहरा बनाएर कष्टपूर्ण किसिमले व्यापार–व्यवसाय गरिरहेको अवस्थामा व्यवस्थित किसिमको नयाँ भवन बनेपछि सहज हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्