
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले आज मंगलबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकाे छ।
लामो समयसम्मको रस्साकस्सीकाबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले स्पष्टिकरण दिन थालेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
नेकपा एसले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलन मार्फत प्रष्ट्याउन लागेको हो ।
सो दलमा एमसीसी पारितप्रति केही नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्