२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


भ्रमण वर्ष स्थगित, अर्थतन्त्रमा नकारात्मक प्रभाव


0
Shares

रोमन आचार्य (इमेज)

काठमाडौं, फागुन १९ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ‘भिजिट नेपाल २०२०’ कार्यक्रम रोक्ने निर्णय गर्‍यो ।

चीनबाट फैलिएको ‘कोरोनाभाइरस’ (कोभिड–१९) नियन्त्रणमा आउने कुनै छाँट नदेखिएपछि विदेशी पर्यटकहरुलाई तत्कालका लागि स्वागत गर्ने सम्भावना पनि सकिएको छ ।

सन् २०१८ तथा २०१९ मा नेपालमा १२ लाख हाराहारीमा विदेशी पर्यटक भ्रमणका लागि आएका थिए । सरकारले सन् २०२० मा ८ लाखले बढाएर २० लाख पर्यटक पुर्‍याउने लक्ष्य राखेको थियो ।

जनवरी १ मा भव्य कार्यक्रम गरी उद्घाटन गरिएको भ्रमण वर्ष विश्वभर फैलिएको कोरोनाभाइरसका कारण स्थगन गर्नुपरेको छ ।

पर्यटक आउने मुख्य समयमै कोरोना संक्रमण विश्वका ६३ भन्दा बढी मुलुकमा फैलिएपछि अघिल्लो आर्थिक वर्षको तुलनामा पर्यटक घट्ने चिन्तामा भ्रमण वर्ष सचिवालय परेको छ ।

भ्रमण वर्ष सचिवालयले प्रचारका लागि तयार गरिएका थुप्रै कार्यक्रम स्थगन गरेको जनाएको छ ।

कार्यक्रम सफल बनाउन भ्रमण वर्ष सचिवालयलाई मात्र २५ करोड रुपैयाँ रकम विनियोजन गरिएको थियो । जसमध्ये करिब १४ करोड खर्च भइसकेको सचिवालयले जानकारी दिएको छ ।

सरकारले केही देशका नागरिकहरुले पाउँदै आएको ‘अनअनराइभल’ भिसा पनि रद्द गरिदिएको छ ।

यता, सर्वोच्च अदालतले पनि संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ । यसले सरकारको लक्ष्य तथा देशको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्ने देखिन्छ ।