
म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिकास्थित गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ ।
गलेश्वरधाम मन्दिरको दर्शनमा आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्न असुविधा भएपछि मन्दिर परिसरमै लिफ्ट प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था मिलाइएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सबैको सहकार्यबाट मन्दिरमा अझै राम्रो काम गर्नुपर्ने भन्दै भक्तजनको सुविधाका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले नदी किनारमा बनाइएको इनारबाट विद्युतको सहायताबाट पानी ल्याइएको बताउनुभयो । गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु बन्दै गएको छ ।
गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्