१० असार २०८१, सोमबार | Tue Jun 25 2024


चितवनबाट चुनाव लड्ने बादलको घोषणा


4.55k
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले आगामी प्रतिनिधिसभा चुनावमा चितवनबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

शनिबार सुर्खेतको बिमानस्थलमा पत्रकारसँग कुरा गर्दे उहाँले पार्टीले टिकट दिए चितवनबाट चुनाव लड्ने बताउनुभयो । आफू बाहेक अरुले चितवनबाट चुनाव जित्न नसक्ने उहाँको दाबी छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको उपाध्यक्ष थापाले बताउनुभयो ।

एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्नि सापकोटाले मान्यता नदिएसम्म संसद अवरोध जारी रहने पनि उहाँको भनाइ छ ।