इन्जुरी समयमा डोना थापाको गोलले हारबाट जोगियो थ्रीस्टार « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


इन्जुरी समयमा डोना थापाको गोलले हारबाट जोगियो थ्रीस्टार


१३ फाल्गुन २०७८, शुक्रबार १७:४३

130
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले ब्रिगेडसँग १–१ गोलको बराबरी खेलेको हो । ब्रिगेडले बनाएको सुरुवाती अग्रता उल्टाएर थ्री स्टारले बराबरी गर्यो ।

खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए ।

बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ । ब्रिगेड १३ खेलमा ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड यस सिजन रेलिगेसनमा परिसकेको छ ।