
काठमाडौं, साउन २३ । अष्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स् पूरै खडेरीकोे चपेटामा परेको छ ।
आधिकारिकरुपमै राज्यलाई शतप्रतिशत खडेरीको सूचीमा राखिएको छ ।
अष्ट्रेलियाकै घना आवादी रहेको यो राज्य इतिहासमै खराब खडेरीको मारमा परेको हो ।
न्यू साउथ वेल्स्बाट अष्ट्रेलियाको कुल कृषि उत्पादनमा एक चौथाइ हिस्सा ओगट्दै आएको छ ।
जुलाईमा यहाँ १० मिलिमिटरभन्दा कम वर्षा मापन गरिएको थियो ।
आगामी महिना पनि सामान्यभन्दा अझै सुक्खा हुने पूर्वानुमान गरिएको छ ।
खडेरीका कारण केन्द्र र राज्य सरकारले ४३० मिलियन डलरको आपत्कालीन कोष खडा गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्