Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


नापोलीलाई हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश


91
Shares

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रतियागिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा इटालीको नापोलीलाई उसैको मैदानमा ४–२ ले हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाका लागि जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले एक एक गोल गरे । नापोलीका लोरेन्जो इन्सिग्ने र माटियो पोलिटानोले एक एक गोल गरे ।

बार्सिलोनाको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । समग्रमा ५–३ को जित सहित बार्सिलोना प्रि–क्वाटरफाइनलमा उक्लेको हो ।

युरोपा लिगकै अन्य खेलहरुमा क्रोएसियाको डाइनामो जाग्रेबलाई हराउँदै स्पेनको सेभिया, इटालीको लाजियोलाई हराउँदै पोर्चुगलको एफ.सी पोर्टो, ग्रिसको ओलम्पियाकोसलाई हराउँदै इटालीको एटलान्टा तथा स्पेनको रियाल सोसिडाडलाई हराउँदै जर्मनीको आर.बी. लेप्जीग पनि प्रि–क्वाटरफाइनलमा पुगेका छन् ।

बलियो टोली बोरुसिया डर्टमण्ड भने स्कटल्याण्डको रेन्जर्ससँग समग्रमा ६–४ ले पराजित भएको छ ।