Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


निर्वाचन आयोगमा थप २९ दल दर्ता


104
Shares

काठमाडौं । निर्वाचन आयोगमा थप २९ दल दर्ता भएका छन् ।

आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यसमा सहभागी हुनका लागि फागुन ५ गतेदेखि अहिलेसम्म २९ दल दर्ता भएको आयोगको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइयो ।

आयोगका अनुसार ६ वटा नयाँ दल पनि दर्ता भएका छन् । योसँगै आयोगमा दर्ता भएका दलको सङ्ख्या १ सय ९ पुगेको छ ।

फागुन ५ गतेदेखि आयोगमा दर्ता भएका दलहरूः

जनता प्रगतिशील पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
सामाजिक एकता पार्टी
नागरिक उन्मुक्ति पार्टी
नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली)
साझा पार्टी नेपाल
समावेशी लोकतान्त्रिक पार्टी
जनमत पार्टी
मंगोल नेशनल अर्गनाइजेशन
नेपाल मजदूर किसान पार्टी
राष्ट्रिय नागरिक पार्टी
नेपाल लोकतान्त्रिक पार्टी
देशभक्त समाज
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
तराई मधेश लोकतान्त्रिक पार्टी
मौलिक जरोकिलो पार्टी
बहुजन एकता पार्टी नेपाल
वैज्ञानिक समाजवादी पार्टी
नेपाल सदभावना पार्टी
नेकपा एकीकृत समाजवादी
राष्ट्रिय प्रजातन्त्र पार्टी
तामाङसालिङ लोकतान्त्रिक पार्टी
नेपाल समावेशी पार्टी
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय विकास पार्टी
नेपाल परिवार दल
खुम्बुवान राष्ट्रिय मोर्चा
नेपाल संसदीय समाजवादी पार्टी
सचेत नेपाली पार्टी