
काठमाडौं, फागुन १७ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ काठमाडौंमा शनिबारदेखि १०औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सुरु भएको छ ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सुरु भएको मेलामा नेपाल, भारत, बंगलादेश, बुल्गेरिया, डेनमार्कसहित ११ देशहरुले प्रतिनिधित्व गरेका छन् ।
१० दिनसम्म चल्ने मेलामा काठमाडौं, ललितपुर र पोखरामा संस्कृति झल्किने कार्यक्रमहरु आयोजना हुनेछन् ।
मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्