Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


मुलुकमा संकट पैदा हुन्छ : अर्थमन्त्री शर्मा


2.1k
Shares

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीलाई राष्ट्रिय सहमतिबिना अघि बढाए मुलुकमा संकट पैदा हुने बताउनु भएको छ ।

पर्वत उद्योग वाणिज्य संघको ४६ औं स्थापना दिवस तथा ३९ औं साधारण सभालाई बिहीबार कुश्मामा सम्बोधन गर्दै शर्माले एमसीसीका कारण मुलुकमा विभाजन पैदा भएको हुँदा अघि बढाए संकटमा फस्ने चेतावनी दिनुभयो ।

अनुमोदन गर्ने कि एमसीसी फिर्ता गर्ने भन्ने बारेमा साझा दृष्टिकोण बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । शर्माले गठबन्धन सरकारलाई जोगाउँदै एमसीसीको शान्तिपुर्ण व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।

एमसीसीले समाज र पार्टीहरुमा विभाजनमा ल्याएको भन्दै उहाँले त्यसबाट बच्नका लागि राष्ट्रहित, स्वाधिनता र स्वाभिमानलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति जुटाउनु पर्ने बताउनुभयो ।