Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


गठबन्धनको भविष्य आज रातिसम्म टुंगो लाग्छ : मीन विश्वकर्मा


780
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सत्ता गठबन्धनको भविष्यको बारेमा रातिसम्म टुंगो लाग्ने बताउनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य विश्वकर्माले सत्ता गठबन्धनको भविष्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को हातमा रहेको बताउनुभयो ।

‘गठबन्धनको भविष्य भोलि होइन, आजै रातिसम्म टुंगो लाग्छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरूले एमसीसीको पक्षमा आउँछौं भनेर विज्ञप्ति निकालेको खण्डमा सत्ता गठबन्धन कायम रहन्छ, होइन भने गठबन्धट टुट्छ ।’

एमसीसीको विषयमा सहमति जुट्न नसकेपछि बिहीबार तोकिएको प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।