काठमाडौं, फागुन १२ । सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन अवस्थामा रहेको छ ।
करिब ५ वर्षअघि खरिद गरेर ल्याएको ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो । सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मेसिन प्रयोगमा आउन नसक्दा सरकारको लगानी बालुवामा पानीझैं भएको छ । तर, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले भने भन्सारलाई प्रविधिमैत्री बनाउन लागिएको बताउनुभयो । यसको प्रयोगका लागि भन्सारले पनि अहिले खासै चासो देखाएको छैन ।
नेपाल–भारत सीमामा दैनिक हजारौंको संख्यामा सर्वसाधारणको आवत जावत हुने गरेको छ । जमुनाह नाकाबाट विभिन्न प्रकारका अवैध क्रियाकलाप हुने गरेतापनि त्यसका लागि भने कुनै सुरक्षात्मक प्रविधि नरहेको बताइएको छ । प्रहरी, भन्सार कार्यालयका कर्मचारी र शसस्त्र प्रहरीको नजरमा जे देखियो । त्यो नै सही वा गलत हुने गरेको स्थानीय बताउछन् ।
जसले गर्दा समानका बिच भागमा लुकाईछिपाई लगिने र अबैध सामान नेपाल भित्र्ने गरेका छन् । भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको कारण यहाँका भौतिक संरचना मर्मतदेखि निर्माणसम्मको काम भईरहेको भन्सार कर्मचारी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्