Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


म्यान्चेस्टर युनाइटेड र एथ्लेटिको मड्रिड तथा बेन्फिका र आयाक्सबीचको खेल बराबरीमा सकियो


104
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति म्यान्चेस्टर युनाइटेड र एथ्लेटिको मड्रिड तथा बेन्फिका र आयाक्सले बराबरी खेलेका छन् ।

स्पेनको राजधानी मड्रिडमा भएको खेलमा एथ्लेटिको मड्रिड र म्यान्चेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । घरेलु टोलीका हुँवा फेलिक्सले सातौ मिनेटमै अग्रता दिलाएको खेलमा म्यान्चेस्टरका सब्सटिच्युट खेलाडी एन्थोनी इलांगाले बराबरी गोल गरे ।

उता पोर्चुगलमा भएको खेलमा बेन्फिका र आयाक्स एम्सटरडमले २–२ गोलको बराबरी खेले । आयाक्सका डुसान टाडिच र सेबास्टीयन हलरले एक एक गोल गरेका थिए । बेन्फिकाको लागि युक्रेनी खेलाडी रोमन यारेम्चुकले एक गोल गर्दा आयाक्सका हलरले एक आत्माघाति गोल गरेका हुन् ।