
काठमाडौं, फागुन ११ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनु भएको छ ।
अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको भन्दै फेरि निर्वाचनको माध्यमबाट सरकारमा आउने दाबी गर्नुभयो । आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा उहाँले एमालेले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको बताउनुभयो ।
ओलीले आफ्नो बाँकी जिन्दगी देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता दोहोर्याउनुभयो । उहाँले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गर्नु भएको विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्