
काठमाडौं, फागुन १६ । चीनको वुआन सहरबाट सुरु भएको ‘कोरोनाभाइरस’को प्रभाव विश्वभरि नै बढ्दै गइरहेको छ ।
विश्वका विभिन्न भागमा यस भाइरस संक्रमणबाट थुपै्रको ज्यान गइसकेको छ भने विश्व अर्थतन्त्रमा पनि उस्तै प्रभाव पर्दै गइरहेको छ ।
यतिखेर अन्तर्राष्ट्रिय सेयरबजारमा सन् २००८ को मन्दीपछिकै सबैभन्दा उच्च गिरावट आएको बताइएको छ ।
पछिल्लो सात दिनदेखि अतर्राष्ट्रिय सेयरबजारमै लगातार गिरावट आएको हो । अमेरिकाको सेयरबजार सूचकांक एसएण्डपीमा बिहीबार ४.४ प्रतिशतले गिरावट आएको थियो । डाउजोन्स, नासड्याकलगायतमा पनि उच्च गिरावट आएको छ ।
यस्तै, भारतीय सेयरबजार सेन्सेक्समा यो साता २५ सय अंकको गिरावट आएको जनाइएको छ । शुक्रबार एकै दिन सेन्सेक्स १४ सय अंक अनि निफ्टी ४०० अंकले झर्यो ।
तीन वर्षमा पहिलोपटक भारतीय सेयरबजारमा यो गिरावट आएको र यहाँका लगानीकर्ताले ६० खर्ब भारतीय रुपैयाँ बराबर गुमाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्