Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


‘कोरोनाभाइरस’को असर पर्यटनसँगै अन्य क्षेत्रमा पनि


0
Shares

पोखरा, फागुन १६ । छिमेकी राष्ट्र चीनबाट फैलिएको ‘कोरोनाभाइरस’को असर पोखराको पर्यटन तथा अन्य क्षेत्रमा पनि देखा पर्दै गएको छ ।

पोखराको पर्यटन उकास्न आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको संयोजनमा पोखरामा आयोजित यससम्बन्धी सर्वपक्षीय अन्तरक्रियामा सहभागीहरुले उक्त जोड दिएका हुन् ।

कोरोनाभाइरसका कारण पोखराको पर्यटन गतिविधि शून्यजस्तै बन्न पुगेको भन्दै अब यहाँको पर्यटन उद्योग चलायमान बनाउन आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिनुको विकल्प नरहेको उनीहरुको ठहर छ ।

प्रदेशसभा सांसद बिन्दुकुमार थापाले व्यवसायमा कोरोना प्रभावसँगै बैंक व्याजदर पनि चुनौतीका रुपमा रहेको टिप्पणी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले उद्योगी–व्यवसायीले सरकारलाई समस्यामात्रै सुनाएर नभइ यसको समाधानको उपाय दिन सक्नुपर्नेमा जोड दिए ।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, टिकाराम सापकोटालगायतले भाइरस ‘क्राइसिस’ भूकम्पजस्तो नभइ धेरै ठूलो घातक हुने हुँदा छोटो समयका लागि विशेष ‘प्याकेज’ बनाएर आन्तरिक पर्यटनलाई बढवा दिने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाए ।