Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


‘शुक्लाफाँटा निकुञ्जभित्रको ठूलो घाँसे मैदान विदेशी पर्यटकको रोजाइमा पर्नसक्ने सम्भावना’


0
Shares

कञ्चनपुर, फागुन १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्लाफाँटा निकुञ्जभित्रको ठूलो घाँसे मैदान विदेशी पर्यटकको रोजाइमा पर्नसक्ने सम्भावना रहेको भन्दै यसको विकासका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएकी छन् ।

शुक्रबार महेन्द्रगरमा आयोजित शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको बेला यस्ता महोत्सव फलदायी हुने पनि बताइन् ।

यस क्षेत्रको विकासका लागि सुक्खा बन्दरगाहा, महाकाली नदीमा सुविधासम्पन्न पुलसहित विभिन्न क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न आवश्यक रहेको पनि उनले बताइन् ।