
काठमाडौं, फागुन १६ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, महालक्ष्मी नगरपालिका तथा मध्यपुर ठिमी नगरपालिकाबीच उपत्यकामा रहेका पोखरी र ढुङ्गेधारा संरक्षणका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
खानपानी मन्त्री विना मगरको रोहवरमा एमओयुमा हस्ताक्षर भएको हो । सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा भएको हस्ताक्षर कार्यक्रममा मन्त्री मगरले परम्परागत पानीका श्रोत संरक्षण अभियान सकारात्मक भएको भन्दै यस अभियानलाई सफल पार्न मन्त्रालय सहकार्य गर्न तैयार रहेको बताए ।
सुकिसकेका पोखरी र ढुङ्गेधारा संरक्षण र त्यसको पुर्नजिवनका लागि मन्त्रालयले सम्भाव्यताको खोजी गरिरहेको बताइएको छ ।
उपत्यकाका विभिन्न १० वटा नगरपालिका भित्र ५ सय ७३ ढुङ्गेधारा र २ सय ७३ पोखरी रहेको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्